१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवार खोलाको लापेमा झोलुङ्गे पुल निर्माण



 

१९ असार, तुलसीपुर– दाङ । घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ ।

झण्डै २४ लाखको लागतमा वडा नं १३ लापेदेखि वडा नं १९ को धोक्रे जोड्ने पुल निर्माणको जिम्मा सेवा प्रतिष्ठान तुलसीपुरले लिएको थियो । सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुल उद्घाटन गर्दै पुललाई सम्पत्तिका रुपमा संरक्षण गर्न आग्रह गरे ।

पुल निर्माणमा जिल्ला समन्वय समिति दाङ, जिल्ला प्राविधिक कार्यालय दाङको २१ लाख दुई हजार ९५४, उपमहानगरपालिकाको एक लाख ३७ हजार १४८ र उपभोक्ताको ४५ हजार ७१६ लागेको छ ।

पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार गाउँका १५० भन्दा बढी घरधुरीका एक हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिए । वडा नं १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिए । पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् ।
रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार ००:००