१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडक चाँडो मर्मत गर्न माग



 

१७ असार, काठमाडौं । नागरिक दबाब अभियानले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडक चाँडो मर्मत गर्न माग गरेका छन् ।

जोरपाटी चोकमा भएको विरोध सभामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीयवासी तथा उपभोक्ताले लामो समयदेखि सडक जीर्ण भई नागरिकले दुःख पाएकाले समस्या समाधानका लागि आग्रह गरेका छन् ।

नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले सडक मर्मत गर्न अहिलेसम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको बताउँदै नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको प्रस्ट पारे ।

अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुनु परेको विचार व्यक्त गर्दै आम नागरिकको सहनशीलतालाई बुझेर चाँडो कार्य सम्पन्न गर्न माग गरे ।

विरोध सभालाई नेपाली कांग्रेस महासमिति सदस्य विमल ठुकरी, साहित्यकार गोविन्दप्रसाद घिमिरे, अधिवक्ता होमकान्त चौलागाईं, चिकित्सक सुवास प्याकुरेल, पत्रकार निर्मल अर्याल लगायतले सडक चाँडो मर्मत सम्भार गर्न माग गरेका थिए ।
रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ००:००