१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भित्ती–मोतीपुर सडक तिन साता देखि अवरुद्ध



 

१७ असार, दुनै– डोल्पा । भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वर्षात्का कारण ठूलीभेरी नगरपालिका अन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै ३ साता बितिसक्दा पनि उक्त सडकखण्ड नखुल्दा खसिरहेको पहिरो मुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

सुँपानीदेखि दुनैसम्म यातायात सञ्चालन गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि सर्वसाधारण भित्ती–जुफाल सम्मको जोखिमपूर्ण सडकबाट गाडीको यात्रा गर्न बाध्य भएको मोतीपुरका अमर कठायतको गुनासो छ ।

उक्त सडकबाट सवारी साधन सञ्चालन सहज र सुरक्षित भएपनि सडक अवरुद्ध भएका कारण भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुर पुग्न बढी समय लाग्ने र साँघुरो बाटोका कारण जोखिमपूर्ण यात्रा गर्नूपर्ने बाध्यता भएको गाडी चालक सुशील कठायतको भनाइ छ ।

अवरुद्ध सडकका कारण डोल्पामा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्दै आएका घोडा तथा खच्चडको आवतजावतमा पनि समस्या भएको छ । झण्डै ३ साता देखि अवरुद्ध सडक खुलाउन उक्त नगरपालिकाको ध्यान जान नसकेको सर्वसाधारण बताउँछन् ।
रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ००:००