१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री–ओली भेट, संशोधनमा सहयोग गर्न दहालकाे अाग्रह, प्रस्ताव अध्ययन गछौँः ओली



भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज संविधान संशोधन र दुई चरणमा हुने स्थानीय तहको निर्वाचनबारे छलफल भएको छ ।

बालकोटस्थित ओली निवासमा अाइतबार दिउँसो भएको भेटमा प्रधानमन्त्री दाहालले सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । उनले निर्वाचनका लागि पनि सहमतिमा समर्थन गर्न अाग्रह गरेका थिए ।

दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको थियो । भेटपछि अध्यक्ष ओलीले एमाले कुनै पनि जालसाजीमा नपर्ने प्रतिक्रिया दिँदै भने, “माकुराको जालोमा झिँगा पर्छ, ठूलो चिज केही पर्दैन, एमाले पनि कसैको जालसाजीमा पर्दैन ।”

त्रिपक्षीय गठबन्धनको लगातार बैठक बसेर समझदारी गर्दै आएको तर एमालेसँग कुनै परामर्श नभएको बताउँदै नेता ओलीले भने, “हामीसँग परामर्श नभई हिजो भएको सहमतिका बारे जानकारी गराउनुभयो, मौखिक मात्र सुनेर हुँदैन, हामी त्यसलाई हेर्छौँ, अध्ययन गर्छौँ, प्रक्रियामा जान ‘लायक’ देखियो भने जान दिन्छौँ ।”

भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधनमा एमालेको सहयोगको अपेक्षा गरे पनि सहयोग गर्न सक्छौँ भन्न सक्ने अवस्था नरहेको बताउँदै अध्यक्ष ओलीले प्रष्ट पारे ।

सरकार र मधेसी मोर्चाबीच भएको सहमतिमा एमालेको समर्थन रहन्छ की रहन्न ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अाेलीले भने, “कस्तो संशोधन हो, जे ल्याए पनि संशोधनमा समर्थन गर्छौँ भनेर भनेका छैनौँ ।”

सरकारले अघिल्लोपटक गलत र अनुपयुक्त संविधान संशोधन प्रस्ताव ल्याएकाले एमालेले समर्थन नगरेको बताउँदै उहाँले भन्नुभयो, “पहिला ल्याएको संविधान संशोधनको प्रस्ताव गलत थियो, हामीले धेरै भन्यौँ, उहाँले अलि जिद्धी गर्नुभयो, पछि गलत नै रहेछ भनेर फिर्ता लिनुभयो, त्यो राम्रो भयो, अब अहिले कस्तो ल्याउने हो, हेर्नुपर्छ, त्यसपछि मात्रै भन्न सकिन्छ ।”

अध्यक्ष ओलीले दुई चरणमा निर्वाचन गर्ने भए आगामी जेठ १५ अगावै हुनुपर्ने बताउनुभयो । उनले भने “हामी चुनावकै पक्षमा छाैं । तर जेठ १५ गते बजेट जारी हुन्छ,” उनले भने “बजेट जारी गरेको हप्ता १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि थुप्रै कुरा राख्ने, त्यसैलाई प्रचार गर्दै जाने कुरा एमालेलाई स्वीकार हुदैन ।”

स्थानीय तहको सङ्ख्या बढाउने बारेमा सरकार र मधेस केन्द्रित दलहरूबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै उनले अापत्ति जनाए । “स्थानीय तहको सङ्ख्या कहाँ कति बढाउने, किन बढाउने, सङ्ख्या बढाउन कसले माग ग¥यो,” उनले भने, “कसले जिद्धी ग¥यो भन्ने कुरा हुँदैन, एमाले आँखा चिम्लेर समर्थन वा विरोध गर्ने भन्ने हुदैन ।”

प्रकाशित मिति : १० बैशाख २०७४, आइतबार ००:००