१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाः चुनावी तालमेल गरिने



काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसंग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ ।

पार्टीले तालमेलका लागि अहिलेसम्म नेपाली कांग्रेस र नेकपा ९एमाले० सँग समन्वय र छलफल गरिरहे पनि टुङ्गो लागिसकेको छैन । ती दुई दलमध्ये एक दलसँग तालमेलका लागि निर्णय लिएपछि उम्मेदवार छनोट अगाडि बढाइने छ ।

उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रियासमेत निर्माण गरिएको छ । निर्वाचनमा उम्मेदवारको कार्य दक्षता, क्षमता, जनसमर्थन, पार्टीप्रतिको निष्ठा लगायत विषयलाई मूल्याङ्कन गरी टिकट दिइने छ ।

काठमाण्डौँ जिल्ला कार्यसमितिले काठमाण्डौँका १० नगरपालिका प्रमुख तथा प्रमुखका लागि नामावली तयार पारिसकेको भए पनि तालमेलको निर्णय भइनसकेकाले ती नामावली सार्वजनिक गर्न नसकिएको समितिका अध्यक्ष नवराज सिङ्खडाले जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचनमा केही स्थानमा पार्टीले एक्लै सफलता प्राप्त गर्न सक्ने जिकिर गरे । पार्टीले स्थानीय विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उपप्रमुखमा अन्य क्षेत्रभन्दा विशेष महत्व दिइएको छ ।

पार्टीको काठमाडौँ महानगर कार्यसमितिले कामपा प्रमुखमा राजाराम श्रेष्ठलाई उम्मेदवारका लागी निर्विरोध सिफारिस गरेको छ । उपप्रमुखमा भने सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरिएको छ । नायिका रेखा थापालाई प्रमुखमा उठाउने चर्चा चले पनि उनको नाम सिफारिस हुन सकेको छैन । रासस

प्रकाशित मिति : १० बैशाख २०७४, आइतबार ००:००