८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु



 

१० असार, नेपालगञ्ज । ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वारः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ ।

नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५/७६ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

नगर प्रमुख डा राणाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको भौतिक पूर्वाधार निर्माण, भवन संहिता र मापदण्ड, कृषि, पशुपालन उद्योग तथा आर्थिक विकास, स्वास्थ्य, शिक्षा तथा खेलकूद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, विपत् व्यवस्थापन तथा वातावरण संरक्षण, सामाजिक विकास र सुशासन गरी ११ विषय समेटिएका छन् ।

उपप्रमुख उमा थापा मगरले बैठकमा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि दुई अर्ब ४३ करोड दुई लाख ६३ हजारको अनुमानित आय ब्यय विवरण प्रस्तुत गरिन् । बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित बजेटमाथि अहिले छलफल चलिरहेको उपप्रमुख थापाले बताइन् ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार ००:००