१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरको बजेट साँढे ३ अर्ब



 

१० असार, चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६का लागि ३ अर्ब ३४ करोड ५ लाखको बजेट प्रस्ताव गर्ने भएको छ । महानगरपालिकाको आइतबारबाट शुरु हुने परिषद्मा उक्त बजेट प्रस्तुत हुँदैछ ।

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार शनिवार साँझसम्ममा बजेटको सम्पूर्ण तयारी पूरा हुँनेछ । जसअनुसार चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१.०४ प्रतिशत छ भने पूँजीगततर्फ १ अर्ब ६२ करोड ५६ लाख अर्थात् ४८.६६ प्रतिशत रहेको छ ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ करोड अर्थात् ०.३० प्रतिशत बजेट प्रस्ताव गरिएको उनले बताए । बजेटले आर्थिक विकासमा ४ करोड ५० लाख, पूर्वाधार तथा शहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा १२ करोड, संस्थागत तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख, सामाजिकमा ३ करोड ५० लाख र वित्तीय व्यवस्थापन तथा प्रशासनतर्फ ७१ करोड रुपैयाँ प्रस्ताव गरिएको उनले बताए ।

महानगरपालिकाका लेखा उपसचिव खडानन्द अधिकारीका अनुसार महानगरले राजश्व प्रक्षेपणबाट ५५ करोड, केन्द्र सरकारबाट बजेट १ अर्ब ३३ करोड, प्रदेश सरकारको बजेट १५ करोड, राजश्व बाँडफाँड केन्द्रबाट २७ करोड, राजश्व बाँडफाड प्रदेशबाट १५ करोड, बैंक मौज्दात ३० करोड, सामाजिक सुरक्षा अनुदान केन्द्रबाट ४५ करोड र उपभोक्तालागत २० करोड गरी बजेट व्यवस्थापन गरिएको छ ।

सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा आइतबार परिषद्को उद्घाटन गरिँदै छ । बजेट निर्माणअघि महानगरपालिकाले केन्द्रबाट विज्ञ झिकाएर बृहत छलफल गरेको थियो । स्थानीय विज्ञ, सरोकारवाला लगायतसंग छलफल गरी बन्न लागेको गुरुयोजना अनुरुपका बजेट ल्याउन लागिएको महानगरले जनाएको छ ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार ००:००