१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्ष सहित तीन पक्राउ



 

७ असार, चौतारा । झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्ष सहित तीन जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठ र मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला वक्यौली ३ की सीमाकुमारी राजधानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय एकजनालाई नक्कली आमा बनाई अन्य जिल्लाको व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन किर्ते सिफारिस गरेको आरोपमा केही दिनअघि मात्र जिल्लाको हेलम्बु गाउँपालिका ७ का वडाध्यक्ष खेतनाथ घिमिरे र वडासचिव रामबहादुर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : ७ असार २०७५, बिहिबार ००:००