१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रंगेली नगरपालिकामा सडक विस्तार



 

२५ जेठ, विराटनगर ।
मोरङ जिल्लाको रंगेली नगरपालिका–५ मा रहेका सडक विस्तार गरिएका छन् । उक्त वडामा रहेका करीब सात वटा भन्दा बढी सडकमा विस्तारका लागि ५० लाख लागेको वडाध्यक्ष महानन्द मण्डलले बताए ।

बिपी आश्रमदेखि आमगाछी सम्मको चार किलोमिटर, झुंगिटोल देखि धनपटी जोडने ५ किलोमिटर, मधुवनी आमगाछी जोडने ४ किलोमिटर लगायतका सडक विस्तार गरिएका हुन् । ती सडक २० देखी २५ फिट फराकिला छन् ।

वडाध्यक्ष मण्डलले आगामी ५ वर्ष भित्र सम्पूर्ण सडक पिच गर्ने लक्ष्यअनुसार सडक विस्तार गरिएको बताए । सडक निमार्ण एवं विस्तारको कामलाई उक्त वडाले पहिलो प्राथमिकतामा राखेको छ ।

उनले वडाका सडक कालोपत्रेका लागि सांसद विकास कोष र नगरपालिकासंग आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए ।
रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ००:००