११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिक्लाजुङ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा



 

१८ जेठ, उर्लाबारी– मोरङ ।
मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गरेका हुन् ।

मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुला दिसामुक्त भइसकेका र साविक टाँडी गाविसलाई मात्र घोषणा गर्न बाँकी रहेको थियो । साविक टाँडी गाविस तथा हालको मिक्लाजुङ वडा नं २, ३ र ४ का ६५ घरधुरीमा शौचालय निर्माण गरेसँगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा जिसस प्रमुख पोखरेलले सबैले चर्पीमै दिसापिसाब गर्ने बानी बसाई गाउँलाई स्वच्छ, सफा, सुन्दर गाउँ, टोल बनाउन आग्रह गरे । उनले खुला दिसामुक्त घोषणालाई प्रभावकारी बनाउन गाउँपालिकाको सार्वजनिक स्थान, बसपार्क, विद्यालयमा पनि शौचालय निर्माण गर्नुपर्ने बताए ।

सोही अवसरमा मिक्लाजुङ गाउँपालिकाले ६० वर्ष उमेर कटेका चारजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका विनाश्वरी राई, गायत्रा सञ्जेल, तिलकुमारी आचार्य र लक्ष्मी दाहाललाई जनही ५० हजार नगदसहित बिदाइ गरिएको हो ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागि सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।
रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ००:००