४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपामा आशा गरेजस्तो काम नभएको आरोप



 

१७ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकामा सोचेजस्तो काम हुन नसकेको जनाएको छ । कामपाका जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पुगेका अवसरमा प्रमुखका प्रतिष्पर्धी राजुराज जोशीले पत्रकार सम्मेलन गरी महानगरप्रमुख विद्यासुन्दर शाक्यले जनताको भावनालाई कदर गर्ने गरी काम गर्न नसकेको बताए ।

“शाक्यले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा एकपक्षीय निर्णय गर्नुभएको छ” उनले भने । उनले सम्पदा संरक्षणका नाममा सम्पदा मास्ने काम भइरहेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, युवा परिचालन र सामाजिक सुरक्षा, शहरी पूर्वाधार र भूकम्पपछिको पुनःनिर्माण लगायत क्षेत्रमा केही काम नभएको बताए । “म हारेर आराम गर्दै बसेको छैन, निरन्तर जनताका अधिकार र आवश्यकता पूरा भए भएनन् भन्ने बुझिरहेको छु” जोशीले भने ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै शैलीमा हुन लागेको जिकिर गरिन् । “रानीपोखरीको निर्माण पुरानै शैलीमा गर्नुपर्छ भनेर म निरन्तर लागेर सफल भएको हुँ” उनले भने । उनले आफूले सुशासनयुक्त महानगर, धरहराको उचित संरक्षण, नेपाली सेनाले निर्माण गरेको महाङ्काल लगायत स्थानमा बनेका भवनको नक्सा पास, विभिन्न समिति निर्माण लगायत योजना कार्यान्वयन गरेको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहिबार ००:००