२ चैत्र २०८०, शुक्रबार | Fri Mar 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस



बनेपा, ६ वैशाख । काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ ।

पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुवै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मङ्गलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो ।

पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकांक्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुंगो लागेको जानकारी दिए ।

उनका अनुसार पनौती नगरपालिकामा मात्रै आठ जनाको नाम प्रस्तावित भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई वैशाख ७ गते सम्मको समय निर्धारण गरेको छ । रासस

प्रकाशित मिति : ६ बैशाख २०७४, बुधबार ००:००