२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो



 

१६ जेठ, नुवाकोट ।
सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ ।

मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई ४६ करोड २३ लाख र बेलकोटगढी नगरपालिकालाई ३३ करोड ४६ लाख बजेट छुट्याइएको छ । चालू आवभन्दा आगामी आवमा विदुर नगरपालिकालाई दुई करोड बजेट थप गरिएको छ भने बेलकोटगढीको बजेट पाँच करोड घटेको छ ।

यस्तै, ककनी गाउँपालिकाका लागि २३ करोड ७६ लाख, किस्पाङलाई १५ करोड ३१ लाख, तादीलाई १७ करोड ४४ लाख, तार्केश्वरलाई १५ करोड ८१ लाख, दुप्चेश्वरलाई १९ करोड ३५ लाख, पञ्चकन्यालाई १५ करोड ९ लाख, मेघाङलाई १४ करोड ६५ लाख, लिखुलाई १६ करोड ५० लाख, शिवपुरीलाई २१ करोड ६९ लाख र सूर्यगढीका लागि १५ करोड १४ लाख विनियोजन गरिएको छ ।

चालू आवका लागि यहाँ रहेका स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदानमार्फत दुई अर्ब ९९ करोड ११ लाख बजेट विनियोजित भएकामा आगामी आवका लागि ४४ करोड ६८ लाख कम बजेट विनियोजन भएको छ । चालू आवमा भन्दा आगामी आवमा विदुर नगरपालिका र ककनी गाउँपालिकाको बजेटमा केही वृद्धि भए पनि बाँकी स्थानीय तहमा बजेट कम विनियोजन गरिएको छ ।
रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ००:००