१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा आरोही अनिश भद्रपुर नगरप्रमुखको सल्लाहकार



 

१३ जेठ, काँकडभिट्टा ।
सर्वोच्च शिखर सगरमाथाका सफल आरोही झापा भद्रपुर निवासी अनिश लुइँटेललाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले सल्लाहकार मनोनीत गरेका छन् ।

दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेर केही दिनअघिमात्र फर्किएका अनिशलाई भद्रपुर नगरपालिकामा उल्लासपूर्वक स्वागत गर्दै नगर प्रमुख श्रेष्ठले नगरसभाको सल्लाहकारका रुपमा मनोनीत गरेको घोषणा गरेका हुन् ।

नगरपालिकाको काम कारबाही अघि बढाउनेक्रममा सहजीकरणका लागि नगर प्रमुखले सल्लाहकार समिति गठन गर्नसक्ने संवैधानिक प्रावधानअनुसार सो समितिको पहिलो सल्लाहकारका रुपमा अनिशलाई मनोनीत गरेको बताए ।

नगरपालिकाको सामाजिक विकास शाखाका राजन न्यौपानेले सञ्चालन गरेको संक्षिप्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, उपस्थित दशवटै वडाका जनप्रतिनिधि, स्काउटकर्मी, नगरपालिकाका कर्मचारी एवं नगरवासीले अनिशलाई फूलमाला, अबिर लगाएर सर्वोच्च शिखर सगरमाथा दोस्रोपटक सफल आरोहण गरेकामा बधाई दिएका थिए ।

अनिशले सगरमाथा आरोहणका लागि जाने सिलसिलामा भद्रपुर नगरपालिकाले स्वागतसहित सफल आरोहणका लागि शुभकामना दिनेक्रममा प्रदान गरेको राष्ट्रिय झण्डा सगरमाथाको चुचुरोमा फहराएको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आइतबार ००:००