१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाता रोक्का हुँदा काम प्रभावित



कालीकोट, ५ वैशाख । नयाँ संरचनाको विकाससंगै साविकका गा.वि.स.मा भएका कारोबारको खाता रोक्का हुँदा कठिनाई भएको छ ।

तीस गा.वि.स.लाई छ गाउँपालिका र तीन नगरपालिकामा विभाजन गरेपछि पहिलेको गाविसको विकास निर्माण लगायतको कारोबारको बैंक खाता रोक्का हुँदा समस्या भएको हो ।

पुरानो संरचना अनुसारको विकास निर्माण भएको तर हाल भूगोल फरक पर्न गएका कारण उक्त योजनामा कसरी जाने भन्ने विषयमा छलफल चलिरहेकाले खाता सञ्चालनमा आउन नसकेको जिल्ला समन्वय समितिका सदस्य सचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।

अहिले जिल्लामा विकास निर्माणका कामसंगै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको रकम समेत नागरिकले पाउन सकेका छैनन् । खाता रोक्का हुँदा सबै काम प्रभावित भएको पचालझरना गाउँपालिकाका वडा सचिव धनमान सेजुवालले बताएका छन् ।  रासस

प्रकाशित मिति : ५ बैशाख २०७४, मंगलबार ००:००