१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्किङ स्थल खोज्दै काठमाडौं माहानगर



३ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले दिगो, सरल र उपयुक्त पार्किङ गर्नका लागि अन्य विकल्प खोजी गरिरहेको छ । कामपाले बिहिबार आयोजना गरेको अन्तरक्रियामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा ठूलो समस्याका रुपमा रहेको सवारी साधन व्यवस्थापनका लागि नयाँ विकल्प खोजिरहेको जानकारी दिए ।

उनले भने, “भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन्, बाँकी समय पार्किङ गरिएका हुनाले पार्किङको समस्या भएको हो ।”

कामपाले पार्किङ व्यवस्थापनमा प्रविधिको खोजी जारी राखेको छ । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले क्षेत्रगत विज्ञ र सरोकार भएका पक्षसंग उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजनामा छलफल गरिरहेको छ ।

नयाँ सडक र दरबार मार्गजस्ता अन्य केही व्यस्त ठाउँमा स्मार्ट पार्किङ निर्माण गरिनुपर्ने सहभागीको जोड थियो ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले तत्काल समाधान मात्रै नभई सधैँका लागि सुविधा उपयोग गर्ने गरी सडक व्यवस्थापनलाई सडक अनुशासनसंग जोडेर काम अघि बढाउनुपर्ने बताए । कामपाका सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले प्रविधिको प्रयोग गरेर पार्किङ व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याए ।
रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहिबार ००:००