१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना तयार – गृहमन्त्री निधि



खजुरा, बाँके। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गृह मन्त्रालयले सबै सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको सोमबार नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलक्षितविशेष योजना तयार गरेको जानकारी दिए ।

उनले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।

उनले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरू सक्रिय रहेकाले चुनौती भएको र त्यसको सामाना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको दावी गरे ।

तस्बिरः राकेश कुमार, रासस

“हामीले निर्देशन दिने र योजना बनाउने हो, कार्यान्वयन गर्ने जिम्मा तपाईँहरूको हो,” उनले भने, “हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्वाचन सम्पन्न गराउनु तपाइँ हाम्रो जिम्मेवारी छ ।”

मुलुकको ऐतिहासिक पुनर्संरचना भएर स्थानीय तहको निर्वाचन हुन लागेकाले सबै दल सहभागी हुनुपर्ने बताउँदै अब नागरिकका अधिकार सुनिश्चित हुने बेला आए उनले बताए ।

गोष्ठीमा क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र मध्यपश्चिमाञ्चल क्षेत्रका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षा प्रमुखको सहभागी छन् ।

गोष्ठीमा जिल्लागत रुपमा सुरक्षा अवस्थाका विषयमा प्रस्तुतीकरण र वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीतिक योजनालगायतका विषयमा विशेष छलफल गरी योजना तयार गरिने जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार ००:००