८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पा पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो



३० वैशाख, पाल्पा ।
पाल्पाको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक÷धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत पाल्पा पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

यहाँका पुरातात्विक महत्वका मन्दिरदेखि दरबारहरु अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि लोभ लाग्दा छन् । पर्यटक आकर्षणको गन्तव्य रिडीदेखि रानीमहल सम्म जलयात्रा सञ्चालन गरी पर्यटक प्रशस्त ल्याउन सकिने र पर्यटन क्षेत्रका लागि गुरुयोजना बनाउन लाग्नुपर्नेमा प्रदेश नं ५ का वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री लीला गिरीले जोड दिइन् ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स जिल्ला शाखाद्वारा ‘पाल्पाको पर्यटन प्रवर्द्धनः सम्भावना चुनौती’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री गिरीले रिडीलाई हरिद्वारजस्तो पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिइन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले ‘जिल्लाको पर्यटन प्रवद्र्धनः सम्भावना चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै यहाँको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारबारे जानकारी गराए ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पर्यटन क्षेत्रमा सोचेअनुसारको लगानी हुन नसक्दा पर्यटक क्षेत्रको विकास हुन नसकेको बताए ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार ००:००