७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जथाभावी पोष्टर टाँस्ने ७ जना नगरप्रहरीको नियन्त्रणमा



२३ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले जथाभावी पोस्टर पम्पलेट टाँस्ने ७ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीका अनुसार उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड, बिजुलीबजार, तीनकुने लगायत स्थानबाट नियन्त्रणमा लिएको हो ।

सातैजना बिजुलीको पोलमा पर्चा पम्पलेट टाँसिरहेको अवस्थामा पक्राउ परेका हुन् । कामपाले केही दिन अघि एसइई परीक्षा सकेका विद्यार्थीलाई लक्ष्य गरी विभिन्न सङ्घ संस्थाले पर्चा पम्पलेट टाँसेर सडकलाई कुरुप बनाएको भन्दै त्यसो नगर्न सूचना जारी गरेको थियो ।

जोशीका अनुसार वैशाख महिनाको हालसम्ममा पर्चा पम्पलेट टाँस्नेबाट जरिवाना स्वरुप ३८ हजार असुल गरीसकेको छ । कामापाले न्यूनतम ५ हजारदेखि १ लाख सम्म जरिवाना तोकेको छ ।
रासस

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतबार ००:००