७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकांक्षी धेरै भएपछि कास्कीमा उम्मेद्वार छान्न सकस



पोखरा । स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न सकस भएकोे छ ।

उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र राप्रपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । टुङ्गो लाउन नसक्दा को उम्मेद्वार बन्दैछ भन्नेमा उत्सुकता बढेको छ ।

अहिले सबैजसो चियापसल, भेटघाट र गफगाफमा पार्टीका ‘को–को उमेदवार बन्ने होलान ?’ भन्ने चर्चा मतदातामा हुने गरेको छ । कुनै एक प्रमुख दलले उमेदवार चयन गरे त्यसलाई टक्कर दिने प्रतिस्पर्धी छान्ने दाउमा दलहरू ।

उम्मेदवार तोकेपछि अरु आकांक्षीहरू भड्किने तथा पार्टीले तोकेका उम्मेदवारलाई असहयोग हुने शङ्का जिल्लाका शीर्ष नेतृत्वलाई छ ।

स्थानीय तह अधिकार सम्पन्न भएकाले पनि सबै दलका कार्यकर्तामा जनप्रतिनिधि बनेर काम गर्ने इच्छाशक्ति निकै बढेको देखिन्छ ।

यतिखेर दलहरु उम्मेदवार छान्नका लागि आन्तरिक बैठकमा व्यस्त देखिन्छन् । दलहरुले केही दिनभित्र स्वच्छ छवि, जनता माझ लोकप्रिय र जनप्रतिनिधि बनेपछि जनताको हितमा काम गर्नसक्ने उम्मेदवार छानिने बताएका छन् । रासस

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार ००:००