४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल नगरपालिकाले १५ शैय्याको अस्पताल बनाउने



२२ वैशाख, नवलपरासी ।
आर्थिक रुपमा समृद्धि नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ ।

रणनीतिअनुसार नगरवासीको स्वामित्वमा सुनवलमा १५ शैय्याको अस्पतालका साथै दुई वटा ठूला डिपाटमेन्टल स्टोर स्थापना गर्ने प्रारम्भिक योजना रहेको नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

नगरपालिकाको ५१ प्रतिशत, नगर क्षेत्रमा रहेका सहकारीसहित वित्तीय संस्थाको ४९ प्रतिशत शेयर मार्फत अस्पताल र डिपाटमेन्टल स्टोर स्थापना गर्ने योजना रहेको छ । सरकारी निकायबाट आवश्यक ऋण लिएर नगरपालिकाले अपनत्व ग्रहण गरी नगरवासीलाई साथमा लिएर आगामी ५ वर्षभित्र दुबै काम गर्न आवश्यक भएकाले रणनीति अघि सारेको नगरप्रमुख थापाको भनाइ छ ।

सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई नगर परिचय पत्रका आधारमा निश्चित प्रतिशत छुट वा सहुलियत दिएर अस्पताल र डिपाटमेन्टल स्टोर सञ्चालन गर्न सकिने बताइएको छ ।

सबै नगरवासीको डिजिटल दस्तावेज कायम गरी अभिलेख राख्ने राखेर वितरण गरिने नगरवासी परिचय पत्र कार्डमार्फत छुट वा सहुलियत दिएर दुबै योजना सफल बनाउने नगरपालिकाको लक्ष्य छ । सबै घरघुरीको सर्वेक्षण गरी सबैको सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी नगरवासी परिचय पत्र जारी गर्ने योजना बनाएको छ ।

जसका लागि सबै नगरवासीलाई करको दायरामा ल्याउने नगरवासीको यथार्थ आर्थिक अवस्था समेत समावेश गरेर तयार परिने गरी डिजिटल प्रविधिको सफ्टवेर निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताए ।

घरधुरी सर्वेक्षण गरी लिइने सबै सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी कप्युटरमा नगरवासीको नाम खोजी गर्दा सो नगरवासीले नगरपालिकालाई तिनुपर्ने वास्तविक कर समेत थाहा हुने आधारमा दस्तावेजीकरण गर्ने नगरपालिकाको योजना रहेको छ ।
रासस

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ००:००