कैलालीका केही स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलको तर्फबाट उम्मेद्वारहरूकोको टुङ्गो लगाएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने टुङ्गा् लागेको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि चौधरीले बताए ।
यसैगगरि कैलारी गाउँपालिका प्रमुखमा लाधुराम चौधरी, बर्दगोरिया गाउँपालिका प्रमुखमा गणेश गिरी र जानकीनगर गाउँपालिकाको प्रमुखमा फूलराम चौधरीलाई उठाइने भएको छ ।
जल्लाका अन्य स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा भने टुङ्गो लगाउन बाँकी रहेको चौधरीले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपालगायत दलले अहिलेसम्म कैलालीका स्थानीय तहमा उठाइने उम्मेद्वारहरूकोको टुङ्गो लगाउन सकेका छ्रैनन् ।
कांग्रेसबाट धनगढी उपमहानगरपालिका प्रमुखमा युवा नेता कृष्णबहादुर महरा र नगर सभापति नृप ओड, एमालेबाट दीपकप्रसाद देवकोटा, रणबहादुर चन्द र नारदमुनि राना, राप्रपाका तर्फबाट रोम स्वाँर, राजेश भण्डारी, पुष्करदत्त भट्ट र जनककुमारी कुँवरको नाम बढी चर्चामा छ ।
जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा आकाङ्क्षी बढी देखिएपछि उम्मेदवार छनोट गर्न दललाई सकस परेको छ । उम्मेद्वका आकाङ्क्षीले टिकट पाउन अ–आफ्ना पक्षमा भित्रभित्रै सम्पर्क गर्न थालेका छन् ।
नयाँ संरचनानुसार कैलालीमा धनगढी उपमहानगरपालिकासहित टीकापुर, लम्कीचुह, भजनी, घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिका छन् । यसैगरि गाउँपालिकाहरूमा जोशीपुर, चुरे, कैलरी, मोहन्याल, बर्दगोरिया र जानकी छन् ।
प्रतिक्रिया