१८ वैशाख, विराटनगर ।
एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा यहाँ पदयात्रा निकालियो । ट्रेड युनियन कांग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।
सभामा नेपाल ट्रेड युनियन कांग्रेस १ नं प्रदेशका सचिव सुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा बोलेका थिए ।
रासस
प्रतिक्रिया