१७ वैशाख, कलैया ।
बारा पचरौता नगरपालिका ८ लाई मानवअधिकार मैत्री वडा घोषित गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले उक्त वडालाई मानवअधिकार मैत्री वडा घोषित गरे ।
सो अवसरमा प्रजिअ मानन्धरले जातीय भेदभावलाई कानूनले निषेध गरेको उल्लेख गर्दै मानवअधिकारका बारेमा जानकारी गराउन मानवअधिकार मैत्री वडाले सहयोग पु¥याउने बताए ।
रासस
प्रतिक्रिया