१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा



१७ वैशाख, खोटाङ ।
चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डे विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डे विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।

पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता आइतबार भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । मुद्दा दर्तासंगै व्यवसायी पाण्डेबाट २ लाख धरौटी मागिएको प्रशासनले जनाएको छ ।

एक ग्राहकले गत चैत ३० गते खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन राति पाण्डे भेराइटिजको पसल तथा गोदाममा शिलबन्दी गरेको थियो । शिलबन्दी पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते परीक्षणका लागि चिनीको नमूना संकलन गरेको छ ।

खाद्य पदार्थमा अखाद्यवस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ । लामो समयदेखि जिल्लामा व्यवसाय गर्दै आएका पाण्डेले विभिन्न बहानामा ठगी गर्दै आएको गुनासो आउने गरेको थियो ।
रासस

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ००:००