२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी रत्नेचौरको २ सय वर्ष पुरानो पोखरीको पुनःनिर्माण



 

१४ वैशाख, बाबियाचौर– म्याग्दी ।
बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् ।

तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए ।

पानीको श्रोत संरक्षणसंगै पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले पोखरीको संरक्षण गरिएको वडाध्यक्ष टेकबहादुर रावलले बताए । १ सय मिटर लम्बाइ, सत्तरी मिटर चौडाइ र ५ फिट गहिराइ भएको पोखरी पुनःनिर्माणका लागि गत वर्ष भूसंरक्षणले १ लाख र नगरपालिकाले ४० हजार अनुदान उपलब्ध गराएका थिए ।

स्थानीयवासीले पोखरी संरक्षणमा चासो दिएकाले यस वर्ष पनि बजेटको व्यवस्था गरिएको वडाध्यक्ष रावलले बताए ।
रासस

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ००:००