१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला



१३ वैशाख, मलेखु– धादिङ ।
सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ । जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंसीमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा हानिकारक इन्टोअमिवा हिस्टोलाइटिका किटाणु भेटिएर पोटोजोअल संक्रमण भएको बताए ।

छयानब्बे दिनमा ९६ बिरामीको परीक्षण गरिएकामा ३० जनामा कीटाणु भेटिएकाले सजगता अपनाउन उनले आग्रह गरे । यसैबीच एन्टिरेविज भ्याक्सिन नहुँदा जिल्ला अस्पताल तथा स्वास्थ्यचौकीमा आउने सेवाग्राही मर्कामा परेका छन् । भ्याक्सिन अभावमा सेवाग्राहीले महँगो दरमा भ्याक्सिन खरिद गर्नुपरेको गुनासो गरेका छन् ।

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीमा एन्टिरेबिज भ्याक्सिन स्वास्थ्य मन्त्रालयले खरिद गरी पठाउनुपर्नेमा अहिलेसम्म भ्याक्सिन नआएको श्रेष्ठले बताएका छन् ।

जिल्लाभरका स्वास्थ्यचौकीमा निःशुल्क उपलब्ध गराउनुपर्ने १४ प्रकारका औषधिको पनि अभाव रहेको उनले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार ००:००