१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर र गाउँसभा सञ्चालन गर्ने कार्यविधि विधेयक पारित



१३ वैशाख, विराटनगर ।
प्रदेश नं १ मा बुधबारको प्रदेशसभा बैठकले ‘नगरसभा र गाउँसभा सञ्चालन गर्न कार्यविधि विधेयक २०७५’ सर्वसम्मत पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रस्तुत गरेको सो विधेयकलाई सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ बैठकमा पेश गरेपछि सो विधेयक सर्वसम्मतरुपमा पारित भएको हो ।

उक्त, विधेयक वैशाख ९ गते टेबुल गरिएको थियो । सो विधेयकको सैद्धान्तिक पक्षका साथै व्याकरण, वाक्यांश लगायत देखिएका त्रुटिलाई सच्याउनुपर्ने सुझाव दिँदै एक दर्जनभन्दा बढी प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

लक्ष्मण तिवारीसहित १२ जना प्रदेशसभा सदस्यले संयुक्तरुपमा दर्ता गरेको संशोधन प्रस्तावमा २३ वटा बुँदामा देखिएका सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षमा संशोधन हुनुपर्ने, इन्दिरा राईले विधेयकको दफा २, ३, ४ र ६ का साथै प्रस्तावना लगायतमा वाक्यांश र शुद्धाशुद्धि हुनुपर्ने र शेर्माध्वज राईले सैद्धान्तिक पक्षमा देखिएका त्रुटिको सम्बन्धमा संशोधनका लागि प्रस्ताव दर्ता गराएका थिए ।

सो सम्बन्धमा आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले ती दर्ता गरिएका प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि उनीहरुले आ–आफ्ना सुझावका साथ त्रुटिको सम्बन्धमा ध्यानाकर्षण गराउदै संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

ती संशोधन प्रस्ताव फिर्ता भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रस्तुत गरेको सो विधेयक पारित भएको हो ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार ००:००