३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार करोड हिनामिना गरेको आरोपमा नगरपालिकाका लेखा अधिकृत पक्राउ



१२ वैशाख, गाईघाट– उदयपुर ।
कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई ४ करोड रकम हिनामिना गरेको आरोपमा आज ९बुधबार० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको ४ करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनले भने, “सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको ४ करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।”

सामाजिक सुरक्षा भत्ताको ४ करोड राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताए ।

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहिआएका थिए । आज ९बुधबार० काठमाडौंबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००