७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छथर गाउँपालिकाले पारित गर्यो १४ विधेयक



१२ वैशाख, तेह्रथुम ।
तेह्रथुमको छथर गाउँपालिकाले विभिन्न महत्वाकांक्षी निर्णयसहित गाउँपालिकाका लागि अत्यावश्यक १४ वटा विधेयक एकैपटक पारित गरेको छ । दुई दिनसम्म चलेको दोस्रो गाउँसभा तथा पहिलो हिउँदे अधिवेशनले बुधबार गाउँपालिकाका लागि अत्यावश्यक रहेका १४ वटा विधेयकहरु पारित गरेको हो ।

गाउँ सभाले प्रशासनिक, प्राविधिक कर्मचारी व्यवस्थापन, स्थानीय राजपत्र प्रकाशन, आधार तथा माध्यमिक शिक्षा व्यवस्थापन, पूर्वाधार व्यवस्थापन, एफएम रेडियो व्यवस्थापन, बजार अनुगमन र कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धी महत्वपूर्ण विधेयकहरु पारित गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

यस्तै, सहकारी पदाधिकारीको आचारसंहिता, आर्थिक विनियोजन, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत, न्यायिक समिति उजुरी तथा कारबाही र बालबालिकासम्बन्धी विधेयक समेत सर्वसम्मतिले पारित गरेको प्रवक्ता नेपालीले जानकारी दिए ।

गाउँपालिकाले छथरबाटै एफएम रेडियो सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले राजनीति गर्न नपाउने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र गाउँपालिकाको समेत संयुक्त सहकार्य र प्रयास शुरु गर्ने लगायत निर्णयहरु गरेको छ ।

छथर गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । निर्माणाधीन सिधुवा–शुक्रबारे सडकको तोकिएको समयमा मापदण्ड बमोजिम निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र नियमनकारी निकायलाई ध्यानाकर्षण गराउने, तमोर जलाशययुक्त आयोजना निर्माणमा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००