२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघले तोक्यो १७ बुँदे सदाचार नीति



 

स्थानीय खबर संवाददाता
काठमाडौं, १२ बैशाख

गाउँपालिका महासंघले १७ बुँदे सदाचार नीति घोषणा गरेको छ । महासंघले नीति अनुशरण गर्न गाउँपालिकाका जनप्रतिनिधीहरूलाई आह्वान गरेको छ ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सदाचार नीतिले गाउँपालिकाका जनप्रतिनिधीहरूलाई नागरिकप्रति उत्तरदायी र सचेत बनाउने दाबी गरे । महासंघको पहिलो बैठकले पारित गरेको सदाचार नीतिको पूर्ण बिबरण:

१) नताले सजिलै र सोझै अध्ययन गर्न सक्ने पुस्तक बनौं ।

२) आफूलाई यस्तो पात्र सम्झौं जसको सम्पति मात्र निष्ठा हुनेछ अनि जसको पहिलो र अन्तिम वाक्य हुनेछ हामी । म होइन ।

३) असम्भव कुराहरु नबोलौंM बोलेका कुराहरु पुरा गर्न प्रयत्नसिल रहौं ।

४) आफ्ना वाचाहरु प्रति जवाफदेहि बनौं: समयको ख्याल गरौं ।

५) प्रत्येक मानिसहरु प्रति विनम्र होऔं: कसैप्रति टाढा र नजिकको व्यवहार नगरौं ।

६) कामको प्राथमिकता छुट्याउने गरौः जटिल काम पहिले र कम जटिल काम पछि सारौं ।

७) पहुँचको आधारमा होइनः सामाजिक न्यायको आधारमा काम गरौं ।

८) जनताको कुरा झर्को नमानी सुनौः चित्त बुझ्दो र भरपर्दो जवाफ दिऔं ।

९) जनतासँगको घनिष्ठ सम्बन्ध कायम राखौंः नियमित जनता समक्ष पुग्ने वातावरण बनाऔं ।

१०) दिनचर्या पारदर्शि र स्पष्ट बनाऔं ।

११) असल र योग्य मानिसहरुलाई साथमा लिऔं ।

१२) अपाच्य र भड्किलो जीवनशैली नअपनाऔः त्यस्तो समारोहहरु आयोजना नगरौं ।

१३) संविधान र आवश्यक कानूनहरुको राम्रो अध्ययन गरौंः गैर संवैधानिक र गैरकानूनी व्यवहार नगरौं ।

१४) आफ्नो क्षेत्रको राम्रो अध्ययन गरौंः तथ्यको आधारमा मात्र बहश गरौं ।

१५) बहाना बनाएर नपन्छौं: केही न केही सकारात्मक काम गरिरहौं ।

१६) सममस्यामा मात्र भन्दा समाधानको बारेमा सोचौं: समस्याको चर्चा गर्न होइन समाधानको लागि भूमिका खेलौं ।

१७) दलीय स्वार्थ भन्दा माथि उठौंः विवेक पुर्याएर काम गरौं ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००