१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिकाका ८ घर पहिरोको जोखिममा



११ वैशाख, खोटाङ ।
जमिन फाट्न थालेपछि साकेला गाउँपालिका–५ मात्तिमका ८ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गत भदौबाट फाट्न थालेको जमिन यसपटकको सामान्य वर्षापछि पुनः फराकिलो बनेर फाट्न थालेपछि मात्तिमस्थित कात्तिके सोस्तुमका मेखबहादुर राई, जीतबहादुर राई लगायत ८ घर परिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।

गत भदौमा जमिन चिराचिरा पर्न थालेपछि पृर्थिबोल राई र एलम राईको परिवार विस्थापित गराएको पहिरोले यसपटक अन्य घरलाई समेत जोखिममा पारेको वडा सदस्य धनपाल राईले बताए । घर भत्कएपछि एलम पूर्णरुपमा बसाइँ सरे पनि पृर्थिबोल भने पहिरोको धाँजा फाटेको घेराभित्रै जोखिम मोलेर बसिरहेका छन् ।

पृर्थिबोलको घरलाई माथिबाट पहिरोले पुर्ने खतरा छ भने मेखबहादुर र जीतबहादुरको घरलाई तलबाट पहिरोले तान्ने खतरा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । शारीरिकरुपमा अस्वस्थ र राम्ररी आँखा नदेख्ने पृर्थिबोल दुई आमा, श्रीमती र छोरासहित धाँजा फाटेको क्षेत्रमा रहेको घरमा बसिरहेका छन् ।

गतवर्ष फाटेको पहिरोको धाँजा हाल तीन मिटरभन्दा फराकिलो बनेर फाट्दै जाँदा मेखबहादुर र जीतबहादुरको भन्दा माथिका पाँच घरलाई समेत असर पुग्ने खतरा बढेको छ । पहिरोको जोखिमबाट बचाउन उनीहरुलाई सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था देखिएको वडा सदस्य राईको भनाइ छ ।

यसपटक सामान्य वर्षापछि पुरानो धाँजा फाट्दा मेखबहादुर र जीतबहादुरको घरभन्दा केही मिटर तलसम्म पहिरो निस्केको जनाइएको छ ।
रासस

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलबार ००:००