९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि उपज बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने



११ वैशाख, फलेवास– पर्वत ।
किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ । किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य वस्तुको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख पदमपाणि शर्माले बताए ।

“किसानले बिक्री गर्न नसकेका अन्नबाली, तरकारी, दूध र अण्डा नगरपालिकाले किन्छ,” उनले भने, “नगरभित्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री गर्न अब समस्या हुनेछैन ।” नगरपालिकाले नगरलाई अन्नबाली, तरकारी, दूध, अण्डा र मासुमा आत्मनिर्भर गराउने योजनाका साथ राहत र प्रोत्साहन मिल्ने कार्यक्रम सञ्चालन गरेको छ ।

चालु आवमा फलेवास नगरपालिकाले करिब साढे २ करोड लागतको किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ । “मुख्य उद्देश्य फलेवास नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हो,” उनले भने । नगरपालिकामा अहिले खाद्यान्न, तरकारी र मासु अन्य जिल्लाबाट नियमित रुपमा भित्रिने गरेको छ ।

नगरपालिकाभित्र उत्पादन भएको दूध सदरमुकाम कुश्माबजार र स्याङ्जाको विभिन्न ठाउँमा बिक्री हुन्छ । नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ, कार्कीनेटा लगायत क्षेत्र तरकारी उत्पादनका पकेट क्षेत्रभित्र पर्छन् ।

नगरपालिका प्रमुख शर्माले नगरपालिकाले एकीकृत गुरुयोजना निर्माण शुरु गरेको र त्यस अन्तर्गत कुन ठाउँमा कुन वस्तु बढी उत्पादन हुन्छ भन्नेबारे माटो परीक्षण गरेर लगानीका लागि योजना बनाउने तयारी गरेको बताए ।
रासस

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलबार ००:००