१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको निर्वाचन एकै चरणमा: सचिव मैनाली



सिन्धुली, २८ चैत्र । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन् ।

सिन्धुलीको धुरा बजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी क्षेत्रीय प्रशिक्षण तालिमको उद्घाटन सत्रमा बोल्दै सचिव मैनालीले हिमाल, पहाड र तराईमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको वताए ।

निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको अवस्थामा निर्वाचनको मिति सर्ने सम्भावना नभएको भन्दै उनले भने “अहिलेसम्म केही जिल्लाका मतदाता परिचयपत्र छपाइ सकिएको र बाँकी जिल्लाको पनि छपाइ कार्य सम्पन्न गरी बैशाख २७ गतेभित्र सबै जिल्लाका मतदान स्थलमा पुर्याइने छ ।”

तालिममा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता छ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार ००:००