५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुश्मा नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते



२ वैशाख, फलेवास– पर्वत ।
कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन् ।

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो ।

जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
रासस

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार ००:००