६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा कर सङ्कलनका लागि विशेष एजेण्डा आवश्यक



२८ चैत, काठमाडौं ।
कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ । विकास पत्रकार मञ्चले आयोजना गरेको संघीयतामा ‘वित्त व्यवस्थापनः कस्तो हुनुपर्छ’ विषयमा विश्लेषक डा खिमलाल देवकोटाले स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन कर असुल गर्न विशेष रुपमा लाग्नुपर्ने बताएका हुन् ।

उनले भने, “दिगो शान्ति, सुशासन र समृद्धि नै देशको लक्ष्य रहेको हुनाले त्यसको लागि पनि स्थानीय तह मजबुत हुनुपर्ने खाँचो देखिन्छ ।” मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले स्थानीय तहले जनताले आशाअनुरुप विकास गर्न नसक्नुका प्रमुख कारण ऐन कानून, कर्मचारी, भौतिक संरचनाको अभाव रहेको औँल्याए ।

मञ्चका सचिव चनद्रमणि भट्टराईले प्रदेश र स्थानीय तहको सहकार्य भएमा मात्र नागरिकले आशा गरेअनुरुप विकासले गति लिन सक्ने बताए । कार्यक्रममा सहभागीले आगामी दिनमा बजेट ल्याउँदा स्थानीय तहको भौगोलिक बनाबट र जनसंख्या र विकासको गतिको आधारमा हुनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ००:००