१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा ६३ हजार मतदाता थपिए



आगामी स्थानीय तहको निर्वाचनका लागी पाल्पामा ६३ हजार मतदाता थपिएका छन् ।

वि.सं २०७० को संविधान सभाको निर्वाचनमा १ लाख ४ हजार २ सय ८२ मतदाता निर्वाचनमा सहभागी रहेका थिए । अब हुने स्थानीय तहको निर्वाचनमा ६३ हजार ५ सय ६५ मतदाता थपिएको छ ।

अब १ लाख ६७ हजार ८४७ मतदाताले मतदान गर्न पाउने छन् । त्यसमध्ये पुरुष ८० हजार ५४, महिला ८७ हजार ७९२ रहेका छन् । एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले बताए ।

जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्तिका कारण मतदाता संख्या बढको हो ।

यसपटक मतदाताले नामावलीमा नाम दर्ता गराउन विशेष चासो दिएका कारण पनि संख्या बढेको हो । लामो समयपछि स्थानीय तहको चुनाव हुन लागेकाले पनि चासो बढेको हो । रासस

प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार ००:००