१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा १७८ महिलाले प्रतिनिधित्व गर्दै



आगामी स्थानीय तहकाे निर्वाचनमा बैतडीमा कम्तीमा पनि एक सय ७८ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिकाको ८४ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित, पिछडिएको समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्नेछ ।

यो व्यवस्थाअनुसार ४ सय ४० महिलाको प्रतिनिधित्व सुनिश्चित भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए । सबै स्थानीय तहमा प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु पर्ने कानुनी व्यवस्था छ । सो अनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १० महिलाको उम्मेदवारी हुने निश्चित छ ।

हरेक वडाबाट दुई–दुई महिला गरी एक सय ७८ महिलाको प्रतिनिधित्व हुने पक्का छ । गाउँपालिकामा दुई र नगरपालिकामा तीन अल्पसङ्ख््यक, अपाङ्ता भएका, सीमान्तकृतको प्रतिनिधित्व हुने निर्वाचित हुनेछन् ।

वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका ८४ वडामा कम्तीमा एउटा मतदानस्थल गरी जिल्लाभरि एक सय २० मतदान स्थल रहने छन् । हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आ–आफ्ना वडाका अध्यक्षसहित चार सदस्य गरी सातजनालाई मतदाताले मतदान गर्न पाउनेछन् । रासस

प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार ००:००