१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा स्थानीय तह र प्रदेशसभाको आवाज बन्नेछः तिमिल्सिना



२२ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले स्थानीय तह र प्रदेशको आवाज बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिको मतदानबाट राष्ट्रियसभा गठन भएकाले उनीहरूको प्रतिनिधी भएर काम गर्ने बताए ।

‘राष्ट्रियसभा अभ्यास र अनुभव’ बारे सभाका सदस्यबीच आज भएको अन्तक्र्रियामा उनले सभालाई परिपक्क ढंगले अभ्यास गर्दै औचित्य पुष्टि गर्ने दायित्व आफूहरुको काँधमा आएको बताए ।

तस्बिर स्राेतः संघीय संसद

“हामी सातवटै प्रदेशबाट समान संख्यामा प्रतिनिधित्व गर्दै यहाँ आएका छौँ, त्यसैले केही फरक र राम्रो काम गरेर देखाउनुपर्छ ।” उनले भने । पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रियसभा स्थायी सदन र कानुन निमार्णमा जोड दिने भएकाले यसको औचित्य पृथक रहेको बताए ।

प्रतिनिधिसभाको काम जाँच्ने र सरकारको कामको अनुगमन गर्ने पनि राष्ट्रियसभाको दायित्वभित्र पर्ने देवकोटा बताउँछन् । “राष्ट्रियसभाले पनि प्रि बजेट छलफल गर्नु उपयुक्त हुन्छ” देवकोटाले भने, “बजेट बाँडफाँडमा न्यायोचित वितरण भए नभएको भन्ने राष्ट्रियसभाले हेर्न सक्छ”

कार्यक्रममा बेलायती सांसद् इयान गीलले नेपाल बेलायतलगायत विकसित तथा प्रजातान्त्रिक राष्ट्रमाभन्दा समावेसीकरणमा अगाडि देखिएको बताए । रासस

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार ००:००