१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सय वर्षका बृद्ध मतदानको पर्खाइमा



पथरी (मोरङ), २६ चैत ।

करिब दुई दशकअघि स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ बर्षका थिए । अहिले उनको उमेर एक सय वर्ष नाघसिकेको छ ।

मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका भए । मतदानपछि त्यही वर्ष जन्मिएकाहरू पनि उमेर १८ वर्ष नाघिसकेको छ ।

पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको छैन । जसले गर्दा आम नेपालीको मतदान गर्ने इच्छा र चाहना पूरा हुन सकेको छैन ।

यसैगरि मोरङ वयरवनकी दुक्कादेवी राजवंशी गएको ०५४ को स्थानीय निर्वाचनमा ६६ वर्षकी थिइन् । उनी अहिले ८५ वर्ष पार गर्दैछिन् ।

यी त केही सामान्य उदाहरण हुन् । ०५४ सालमा जन्मिएका शिशु अहिले जवान भइसकेका छन् । जवान वयस्क र वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै नागरिवञ्चित भएका छन् ।

वि.सं २००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका मानबहादुर भित्रिकोटीले मतदान गर्ने इच्छा व्यक्त गर्दै भन्छन्, “वैशाख ३१ गतेसम्म त अब कसो नबाचुँला ? त्यहाँबाट पनि उता स¥यो भने चाही यसै भन्न सकिन्न,” उनले भने ।

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले मतदाता उत्साहित छन् । यतिबेल सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमा समेत कुराकानीको प्रमुख विषय स्थानीय तहको निर्वाचन बनेको छ । दलका नेता तथा कार्यकर्ताहरू गाउँ पस्ने क्रम बाक्लिएको छ ।

जनप्रतिनिधि नभएकै कारण गाउँको विकासले गति लिन नसकेको मोरङ सुन्दरदुलारीका युवा राजिव शर्मा बताउँछन् । “वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा गरिसकेको भएपनि स्थानीय तहको निर्वाचनमा भोट हालेर मात्रै जाने कि भन्ने सोचाई बनाएको छु,” शर्माले भने । रासस

प्रकाशित मिति : २६ चैत्र २०७३, शनिबार ००:००