२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै



२० चैत, इनरुवा ।
सुनसरीको कोशी गाउँपालिका २ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ । जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् ।

स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्यालाई मध्यनजर गर्दै विकास निर्माणको कामलाई अगाडि बढाएपछि स्थानीयबासी खुशी भएको स्थानीय दनालाल यादवले बताए । कोशी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष हीरालाल यादवले आफ्नो वडामा रहेका बाटोघाटोको समस्यालाई समाधान गर्नका लागि काम थालेपछि स्थानीय उत्साहित भएका हुन् ।

अध्यक्ष यादवले आफ्नो पहल र प्रयासमा हीरालाल यादवको घरदेखि पूर्व र दक्षिण बौवालाल यादवको घरसम्म आरसिसी ढलान, राजदेवी एकेडेमीदेखि खुनियाधारसम्म माटो पुरी ग्राभेल गर्नुका साथै आसपासका विभिन्न सडकमा माटो पुरी ग्राभेल लगायतका विकास निर्माणको काम शुरु गरेपछि स्थानीय उत्साहित भएका हुन् ।

वडा कार्यालयले विकास निर्माण तथा बाटोघाटोका काम कतै शुरु गरेको छ भने कतै कामलाई तीव्रगतिमा अगाडि बढाइरहेको वडा कार्यालयका सचिव श्यामकिशोर मण्डलले जानकारी दिए । यसरी वडाध्यक्षले गरेको विकास निर्माणको कामलाई स्थानीयले स्वागत गरेका छन् ।

कोशीका अग्निपीडितलाई राहत

यसैबीच, सुनसरी कोशी गाउँपालिका ६ का अग्निपीडितलाई जिल्ला जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट सोमबार राहत रकम हस्तान्तरण गरिएको छ ।

आइतबार भएको आगलागीमा परी घरबारविहीन भएका कोशी गाउँपालिका ६ का अग्निपीडित परिवारलाई सोमबार जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट राहत रकम हस्तान्तरण गरिएको हो ।

समितिले घर निर्माण गर्नका लागि प्रतिपरिवार १० हजारको दरले राहत रकम हस्तान्तरण गरेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

त्यसैगरी, कोशी गाउँपालिका ६ ले समेत अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । वडा कार्यालयका तर्फबाट प्रतिपरिवार एकथान त्रिपाल, भुजा, चाउचाउ, च्युरा लगायतका सामग्री वितरण गरेको वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिए ।

आइतबार मध्याह्न गहुँ दाउनी गर्ने क्रममा थ्रेसरबाट सल्केर भएको आगलागीमा नौ परिवारका १६ वटा घर जलेर नष्ट हुँदा करीब १ करोड बराबरको क्षति भएको थियो ।
रासस

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार ००:००