१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा सहभागी हुन मोर्चालाई कांग्रेस महामन्त्री कोइरलाको आग्रह



विराटनगर, २६ चैत ।

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि हर सम्भव प्रयास भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख दलसहित सरकार लचिलो भएकाले मोर्चालाई पनि लचिलो भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

उनले मोर्चालाई निर्वाचनमा सहभागी गराउन एक सातासम्म निर्वाचन सार्न सक्ने विषयमा कांग्रेस सहमत हुनसक्ने बताए । सरकार हदैसम्म लचिलो भएकाले अतिवादी सोच त्यागेर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

कांग्रेस नेतृत्वको सरकारको समयमा संविधान जारी भएको प्रसंग उल्लेख गर्दै उनले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको रहेको दाबी गरे । चौतर्फी निर्वाचनमय माहौलको सिर्जना भइसकेकाले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने सुझाव दिए । रासस

प्रकाशित मिति : २६ चैत्र २०७३, शनिबार ००:००