१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्छः बिजुक्छें



भक्तपुर, २६ चैत ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताएका छन् ।

नेपाल प्राध्यापक समाजको पहिलो राष्ट्रिय भेलालाई शनिबार भक्तपुरको ठिमीमा सम्वोधन गर्दै उनले दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताए ।

तस्बिरः रमेश गिरी, भक्तपुर, रासस

बिजुक्छेले मिति घोषणा भएर तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाए । मधेस केन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुनेमा उनले जोड दिए ।

“जनसङ्ख्याको आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने, निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र मतदाता नामावली थप गर्नुपर्ने मधेस केन्द्रित दलको माग राष्ट्रिय हितमा छैन्,” उनले भने ।

पछिल्लो समय ठूला दलका कारण मुलुकको राजनीतिक क्षेत्र विकृति बन्दै गएकाले संसदलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति : २६ चैत्र २०७३, शनिबार ००:००