५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी बठ्याइँः सामाजिक परिचालकले साढे ३ महिनाको मात्रै तलब पाउने



स्थानीय खबर संवाददाता
काठमाडौं, १८ चैत

सरकारले सामाजिक परिचालकहरूलाई साढे ३ महिनाको तलब दिएर बिदा गर्ने तयारी गरेको छ । संघीय ममिला तथा स्थानीय विकास मन्त्रालयले आगामी चैत १५ गतेदेखि असार मसान्तसम्मको मात्रै तलब दिने तयारी गरिरहेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार परिचालकहरूले गत पुस १७ देखि चैत १६ गतेसम्मको तलब पाउने छैनन् । सामाजिक परिचालकको म्याद गत कात्तिक मसान्तमै सकिएको थियो । पछि पुस १५ सम्म म्याद थपेको थियो ।

मन्त्रालयका एक बरिष्ठ अधिकारी भन्छन्, “काम नगरेको अबधिको तलब भत्ता दिन मिल्दैन । त्यसैले चैत १५ गतेदेखि असार मसान्तसम्मको मात्रै तलब पाउने छन् ।” सामाजिक परिचालकहरूले भने आफूहरूले पुसदेखि अहिलेसम्म बेतलबी काम गरिरहेको दाबी गरिरहेका छन् ।

सरकारले कतिसम्म बठ्याइँ गरेको छ भने, अब पुरानो नियुक्ति पत्रले काम गर्ने छैन । चैत १५ देखि असारसम्मको नयाँ नियुक्तिपत्र मार्फत सामाजिक परिचालकको नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसमाथी पनि स्थानीय तहलाई परिचालकको कार्यसम्पादन चित्त बुझे मात्रै नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले जनप्रतिनिधी र कर्मचारीसँग सम्बन्ध बिग्रिएको सामाजिक परिचालकले साढे ३ महिनाको पनि नियुक्ति नपाउने सम्भावना छ ।साढे ३ महिनाको तलबवापतको रकम पनि निकासा भइसकेको छैन । अर्थ मन्त्रालयले सहमति मात्रै दिएको छ । अागामी साउनदेखि स्थानीय तहमा सामाजिक परिचालनको कार्यक्रम पूर्ण रुपमा बन्द गरिने मन्त्रालयले यसअघि नै स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार ००:००