५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय अंश समावेश गरी पाठ्यक्रम तयार गरिने



१६ चैत, रोल्पा ।
रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंशसमेत समावेश गरी पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ ।

नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषि जस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले जनाएको छ ।

नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन स्थानीय विषयवस्तु समावेश गरी पाठ्यक्रम तयार गर्न लागेको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए । शैक्षिक सत्र २०७५ देखि लागू हुने गरी हरेक विद्यालयले १०० पूर्णांक स्थानीय अंश समेटेर पाठ्यक्रम तयार गरी लागू गर्ने केसीले बताए ।

स्थानीय अंशको रुपमा समावेश गरिने विषयवस्तु समयसापेक्ष भएकाले पाठ्यक्रम मार्फत कार्यान्वयन गर्नसके नगर क्षेत्रभित्रको शिक्षा व्यावहारिक हुने बालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले प्रतिक्रिया दिए ।

नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने लक्ष्य लिएको रोल्पा नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । नगर क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडाध्यक्षको भेला गरी नगर क्षेत्रको शैक्षिक प्राथमिकताका विषयमा समेत छलफल गरिसकेको छ ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ००:००