५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धनका लागी देश दर्शन अभियान शुरु



१६ चैत, कैलाली ।
प्रदेश नं ७ को आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सुदूरपश्चिमाञ्चल साहित्य समाजको अगुवाईमा बिहिबार धनगढीवाट देश दर्शन अभियान शुरु गरिएको छ ।

सात नम्बर प्रदेशमा रहेका धार्मिक, संस्कृतिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटन प्रबर्द्धनमा योगदान पुर्याउन सो अभियान शुरु गरिएको हो ।

महेन्द्रनगर, नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, जनकपुर, बिराटनगर, झापा लगायतका क्षेत्र हुँदै भारतको गुवाहाटी आसाम, तेजपुर, सिक्किम, र दार्जिलिङ पुग्न लागेको सो अभियानमा सहभागी सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

अभियान आगामी बैशाख १ गते धनगढी पुगेर समापन हुने जनाएको छ । अभियानका क्रममा सात नम्बर प्रदेशको लोकसंस्कृतिमा आधारित चर्चित हुड्केली नाच, गौरा, छलिया, भुवो, सखिया नाच, होली नृत्य, डेउडा लगायतका संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिने छ ।

‘साहित्यिक सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान २०७४‘ नाम दिइएको यो अभियानमा साहित्यकार, कलाकार र पत्रकार समेत सहभागी छन् । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सो अभियानको शुभारम्भ गरे ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ००:००