५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाट भरतपुर महानगरपालिका प्रमुखमा २२ जनाको निवेदन



स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उठ्न नेपाली कांग्रेसबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् ।

कांग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा सो पदका लागि २२ जनाले निवेदन दिएका हुन् । भरतपुर यसै बर्ष महानगर बनेको हो ।

कांग्रेसको केन्द्रीय समितिको पत्र र कांग्रेस चितवनका जिल्ला समितिको निर्णयानुसार महानगरमा प्रमुख बन्न इच्छुकको निवेदन माग गरिएको थियो । आकाङ्क्षीलाई निवेदन दिनका लागि दुई दिनको समय तोकिएको पार्टी अध्यक्ष जितनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै उपप्रमुखका लागि १० जनाको निवेदन परेको छ । हिजाे (शुक्रबार) र आज (शनिबार) निवेदन सङ्कलन गरी उम्मेद्धारबीच छलफल गराउँदै क्षेत्र र जिल्लामा पेस गरिने महानगर सभापति भरत अधिकारीले बताउनुभयो ।

प्रमुख पदका लागि प्रा. डा. सूर्यकान्त घिमिरे, शंकर कँडेल, डा ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, हृषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेल, विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला र भरत गुरुङले निवेदन दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुखका लागि विनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलले निवेदन दर्ता गराएका छन् । रासस

प्रकाशित मिति : २६ चैत्र २०७३, शनिबार ००:००