६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निकुञ्ज ऐन परिमार्जनको खाँचो



१२ चैत, रत्ननगर– चितवन ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तुबाट स्थानीयमा परेको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

दक्षिण चितवनको माडी, बाँदरझुला र पर्सा ठोरी क्षेत्रको स्थलगत अवलोकन पछि माडीमा आयोजित कार्यक्रममा उनले २०२९ सालमा बनेको निकुञ्ज ऐन परिमार्जनको खाँचो रहेको आवश्यकता औँल्याए ।

मुख्यमन्त्री पौडेलले नयाँ ऐन र कानून बनाएर जनताको सुरक्षामा प्रदेश सरकार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अवलोकनका क्रममा स्थानीयले निकुञ्जबाट हुने समस्या समाधानका लागि पहल गर्न मुख्यमन्त्री पौडेललाई अनुरोध गरेका थिए ।

माडी, भरतपुर आउजाउ गर्दा बीचमा निकुञ्जको जंगल पर्ने भएकाले विभिन्न समस्या हुँदै आएको छ । यहाँको सडक, नदी नियन्त्रण र बाढीको समस्याका विषयमा पनि मुख्यमन्त्री पौडेललाई स्थानीयले जानकारी गराएका थिए ।

फरक प्रसंगमा मुख्यमन्त्री पौडेलले माडीमा कृषि र पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । प्रदेश नं ३ का कृषि तथा भूमि व्यवस्थामन्त्री दावा लामाले सो क्षेत्रको भूमि व्यवस्थापन पहिलो प्राथमिकतामा रहेको बताए ।

प्रदेशसभा सदस्य विजय सुवेदीले माडी र ठोरीको प्राकृतिक स्रोत, साधनको सही सदुपयोग गरी यहाँको विकास गर्न सके यो ठूलो सम्भावना बोकेको क्षेत्र रहेकोमा जोड दिए ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००