७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा आरोहणका लागि बाटो खुल्ला



सल्लेरी (सोलुखुम्बु), २५ चैत । विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो ।

गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठ जना आइसफल डाक्टर खटिएका थिए । टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भ¥याङको व्यवस्थापन गरेको छ ।

तस्विर स्राेतः विकिपिडिया

खराब मौसमका बाबजुद पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए ।

एसपीसीसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गरेसँगै अब सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको राईले बताए ।

बाटो बनाउनेमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन् । (रासस)

प्रकाशित मिति : २५ चैत्र २०७३, शुक्रबार ००:००