११ चैत, तुलसीपुर– दाङ ।
तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि १ करोड ५ लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गरेका छन् ।
शाहले तुलसीपुर उपमहानगरपालिका १ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि दिएका हुन् । सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उनले जग्गा प्रदान गरेका हुन् । “बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआएका थिए त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको हो” अभिषेकले भने ।
भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उनको अवस्था अझैसम्म अज्ञात रहेको छ ।
रासस
प्रतिक्रिया